प्रकाशित : १४ जेष्ठ २०७७, बुधबार १५:३३

विराटनगर, १४ जेठ । प्रदेश नं. १ बाट आज थप ४ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत उदयपुरको भुल्केका एक पुरुष सहित ४ जना डिस्चार्ज भएका हुन ।

डिस्चार्ज हुनेमा ५८ वर्षीय मो.अलिजान, ३६ वर्षीया जुवेदा खातुन, ४० वर्षीय माधो खातुन र ६५ वर्षीय सविरण खातुन रहेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर वस्नेतले जानकारी दिनुभयो । आज डिस्चार्ज भएका मो.अलिजान र जुवेदा खातुन वैशाख ९ गते र अन्य २ जना वैशाख २७ गते अस्पतालमा भर्ना भएका थिए । डिस्चार्ज भएका सवैलाई उदयपुरको भुल्के पठाईएको उहाँले बताउनुभयो ।

४ जना डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ३० पुगेको छ । कोभिड अस्पतालमा अहिले ३१ जना उपचाररत रहेको जनस्वास्थ्य अधिकृत वस्नेतले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३