प्रकाशित : १३ जेष्ठ २०७७, मंगलवार १९:१३

विराटनगर, १३ जेठ । प्रदेश १ मा पीसीआर र आरडिटी विधिबाट १६ हजार ८ बढीको परीक्षण गरिएको छ । आज साँझ सम्म पीसीआर र आरडिटी विधिबाट १६ हजार ८ सय १८ जनाको परीक्षण गरिएको हो ।

कोरोना भाईरसका शंकास्पद ५ हजार ५ सय ६६ जनाको नमूना संकलन गरिएको छ ।

आज ३ सय २४ जनाको नमूना संकलन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा नमूना संकलन गरिएका मध्ये ८७ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको छ । नमूना संकलन गरिएका १ हजार ३ सय ८५ महिला र ३ हजार ५ सय ८२ पुरुष गरि ४ हजार ९ सय ६७ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

नमूना संकलन गरिएका मध्ये ५ सय १२ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेश १ मा आरडिटी विधिबाट ११ हजार २ सय ५२ जनाको परीक्षण गरिएको छ । आरडिटी गरिएका ६२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । आज झापाको भद्रपुरमा ७ र धनकुटामा ७ जनामा आरडिटी पोजेटिभ देखिएको छ ।

आरडिटी गरिएका २ हजार २ सय १० महिला र ८ हजार ९ सय ८० पुरुष गरि ११ हजार १ सय ९० जनाको आरडिटी रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश १ मा क्वारेन्टाईन वेडको संख्या ७ हजार ६ सय ८८ पुगेको छ । आज ६९ वेड थप गरिएको छ । क्वारेन्टाईनमा ३ सय १७ महिला र १ हजार २ सय ५९ पुरुष गरि १ हजार ५ सय ७६ जना रहेका छन् ।

होम क्वारेन्टाईनमा १ हजार ७ सय ५१ महिला र ६ हजार ९ सय ६६ पुरुष गरि ८ हजार ७ सय १७ जना रहेका छन् । प्रदेश १ मा होल्डिङ एरियामा बस्नेको संख्या ७ सय रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]ail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३