प्रकाशित : १३ जेष्ठ २०७७, मंगलवार १९:०८

विराटनगर, १३ जेठ । नेपाल चिकित्सक संघ, कोशी शाखाले आज विराटनगरका चिकित्सकहरुलाई मास्क र स्यानिटाईजर वितरण गरेको छ ।

हिमानी ट्रष्ट को सहयोगमा निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्दै विरामीको उपचारमा खटिएका चिकित्सकहरुलाई सो सामाग्री वितरण गरिएको हो । शाखाले विराटनगरका अस्पतालहरुमा कार्यरत करिब ४ सय चिकित्सकहरुलाई मास्क र स्यानिटाईजर वितरण गरिएको हो ।

सामाग्री वितरणका लागि नेपाल चिकित्सक संघ, कोशी शाखाका अध्यक्ष डा. फरवार्ड सिलवाल, कोषाध्यक्ष डा. सुनिल रेग्मी र नेपाल चिकित्सक संघको जुनियर डाक्टर कमिटीका सदस्य डा. हिमलाल भण्डारीले अस्पतालहरुमा पुगेर सो सामाग्रीहरु प्रदान गर्नु भएको हो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३