प्रकाशित : १३ जेष्ठ २०७७, मंगलवार १९:०२

विराटनगर, १३ जेठ । पत्रकार कृष्ण सेन इच्छुकको १८ औं स्मृति दिवशका अवसरमा प्रेस संगठन मोरंगले आज एक कार्यक्रमको आयोजना गरेको छ ।

कृष्ण सेन इच्छुकको सम्झनामा आयोजित कार्यक्रममा पत्रकारहरुलाई प्रेस ज्याकेट, मास्क र सेनिटाईजर वितरण गरिएको थियो । कार्यक्रममा पत्रकार महासंघ प्रदेश १ का महासचिव विवेक गौतम, बरिष्ठ पत्रकार यज्ञ शर्मा, नेपाल पत्रकार महासंघ मोरंगका अध्यक्ष बन्धु पोखरेल, प्रेस संगठन मोरंगका संयोजक सुदीप कोइराला, सहसंयोजक गोकुल पराजुली कृष्ण सेनलाई स्मरण गर्नुभएको थियो ।

कार्यक्रममा  प्रेस संगठन नेपालका केन्द्रिय सदस्य रामचन्द्र अधिकारी, गणेश लम्साल लगायतको उपस्थिति रहेको थियो । पत्रकारिता र साहित्यको माध्यमबाट राजनीतिक चेतना प्रवाह गर्ने क्रममा २०५९ साल जेठ ६ गते गिरफ्तार गरी जेठ १३ गते महेन्द्र पुलिस क्लबमा उहाँको हत्या गरिएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३