प्रकाशित : १२ जेष्ठ २०७७, सोमबार १९:०८

विराटनगर, १२ जेठ । प्रदेश १ सरकारले पीसीआर परीक्षणमा तीव्रता दिएको छ । आज एकै दिन ७ सय १५ जनाको स्वाव संकलन गरिएको छ । कोरोना भाईरसका शंकास्पद १ सय २७ महिला र ५ सय ८८ पुरुषको स्वाव संकलन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । हिजो प्रदेश १ मा ४ हजार ५ सय २७ जनाको स्वाव संकलन गरिएको थियो ।

प्रदेश १ मा आज सम्म ५ हजार २ सय ४२ जनाको स्वाव संकलन गरिएको छ । स्वाव संकलन गरिएका मध्ये ८७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

स्वाव संकलन गरिएका १ हजार ३ सय २९ महिला र ३ हजार ३ सय ८२ पुरुष गरि ४ हजार ७ सय ११ जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वाव संकलन गरिएका ४ सय ४४ जनाको रिपोर्ट आउन बाँकी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा आरडिटी विधिबाट ११ हजार ६६ जनाको परीक्षण गरिएको छ ।

आरडिटी गरिएका ५४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । आज मोरंगको रतुवामाईका २ जना पुरुष र इलामको सुर्योदय नगरपालिकाका ८ जना पुरुषमा आरडिटी पोजेटिभ देखिएको छ ।

प्रदेश १ मा क्वारेन्टाईन वेडको संख्या ७ हजार ६ सय १९ पुगेको छ । आज २ सय ५८ वेड थप गरिएको छ । क्वारेन्टाईनमा ३ सय १५ महिला र १ हजार १ सय ८३ पुरुष गरि १ हजार ४ सय ९८ जना रहेका छन् ।

होम क्वारेन्टाईनमा १ हजार ७ सय ५३ महिला र ६ हजार ९ सय ६६ पुरुष गरि ८ हजार ७ सय १९ जना रहेका छन् । प्रदेश १ मा होल्डिङ एरियामा बस्नेको संख्या ७ सय १५ रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३