प्रकाशित : ११ जेष्ठ २०७७, आईतवार १७:००

विराटनगर, ११ जेठ । झापाको बार्हदशीमामा पहिलो पटक संक्रमण देखिएको झण्डै एक महिनापछि पुन संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।

संक्रमितलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा पठाईएको छ ।

बार्हदशीमा यसअघि गत वैशाख १४ गते पहिलो पटक ४० वर्षीय एक जमातीमा संक्रमण भएको थियो । उनी कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचारपछि डिस्चार्ज भएका छन् । बार्हदशीमा एक जना थपीएसँगै झापामा संक्रमितको संख्या ३७ पुगेको छ ।

कचनकवलमा ३३, झापा गाउँपालिका, दमक नगरपालिकामा १/१ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा सक्रमितको संख्या ८७ पुगेको छ । २६ जना डिस्चार्ज भएका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३