प्रकाशित : १० जेष्ठ २०७७, शनिबार २०:००

विराटनगर, १० जेठ । नेकपा विराटनगर ८ ले आज १० स्थानमा मास्क वितरण गरेको छ ।

लुथरन विश्व फेडेरेसन (एलडब्ल्युएफ)को सहयोगमा विराटनगरका हरिहर चोक, अशोक चोक, अमर टोल, बालुवाही, राजवंसी टोल, विश्वकर्मा चोक, सुकुम्वासी टोल, वालगोपाल टोल, हाटखोला बसपार्क र कटहरी १ को झहोरामा गरेर १ हजार थान मास्क स्थानीय व्यक्तिहरु मार्फत वितरण गरिएको नेकपा विराटनगर ८ का वडा कमिटी अध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो ।

मुस्लिमहरुकोे पर्व ईदुल फित्रको अवसरमा मास्क वितरण गरिएको उहाँले बताउनुभयो । अध्यक्ष पोखरेलले मस्जिद जाँदा अनिवार्य मास्क लगाएर जानका लागि अनुरोध पनि गर्नुभयो ।

मास्क वितरण कार्यक्रममा नेकपा प्रदेश १ कमिटी सदस्य तथा विराटनगर सचिव हेम कार्की, जिल्ला कमिटी सदस्य राजन भण्डारी, नेकपा वाड नं. ८ इञ्चार्ज ज्ञानु भट्टराई, सहइञ्चार्ज उषा वराल भण्डारी, सरस्वती ओझा, नगर कमिटी सदस्य शैलेश न्यौपाने, वडा नं. ८ सचिव ज्ञानवहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।

लुथरन विश्व फेडेरेसनका जोसेफ सोरेनले आगामी दिनमा स्वास्थ्य सामाग्री वितरणमा सहयोग गर्दै जाने बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३