प्रकाशित : १० जेष्ठ २०७७, शनिबार १९:००

विराटनगर, १० जेठ । मोरङका राजनैतिक दलहरुले लकडाउनको समयमा उत्पन्न समस्याहरु समाधान गराउन र संक्रमण रोकथाम र उपचारमा सघाउन साझा पहल थाल्ने भएका छन ।

आज विराटनगरमा बसेको नेकपा, काँग्रेस, समाजबादी, राप्रपा र राजपा पार्टीका जिल्ला नेताहरुले लकडाउनको समयमा उत्पन्न समस्या समाधान गर्न र कोरोना संक्रमण रोकथाममा सहयोग गर्न सबै एक भएर समाधानकालागि साझा पहल थाल्ने निर्णय गरेका हुन ।

दलहरुले जिल्लाका सबै तहका आआफना पार्टी कमिटीका कार्यकर्ताहरुलाई सर्बदलिय संयन्त्रको साझा धारणा अनुसार एक भएर लकडाउनमा उत्पन्न समस्या समाधान गर्न र संक्रमण रोकथाम र उपचारमा सहयोग गर्न निर्देशन गरेका छन ।

बैठकमा नेकपाका मोरङ अध्यक्ष ऋषिकेश पोखरेल , काँग्रेसका सभापति डिकबहादुर लिम्बु, राजपा अध्यक्ष मोहम्मद कादिर , समाजबादी पार्टीका राजकुमार यादव र राप्रपाका अध्यक्ष माधव आचार्य सहभागी हुनु भएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३