प्रकाशित : १० जेष्ठ २०७७, शनिबार १७:२७

विराटनगर, १० जेठ । नेपालमा कोरोना भाईरस संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । आज ३६ जना नयाँ संक्रमित थपीएका छन् । आज बाँकेमा २७ जना नयाँ संक्रमित थपीएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार सेती अस्पतालमा ४ जना, कोशी अस्पतालमा झापाका १ जना ३३ वर्षका पुरूष, बैतडीका ४, बाँकेका २७, बर्दियाका १ र सुर्खेतमा ३ जनामा कोरोना पुष्टी भएको हो । झापामा १ जना थपीएसँगै प्रदेश १ मा संक्रमितको संख्या ८६ पुगेको छ ।

झापाको झापा गाउँपालिकास्थित डिल्लीराज माविको क्वारेन्टाइनमा बसेका पुरुषमा संक्रमण देखिएको छ । आज एक जनामा संक्रमण देखिएसँगै झापामा संक्रमितको संखया ३६ पुगेको छ ।

कोरोना भाईरसको संक्रमण झापाका ४ वटा स्थानीय तहमा देखिएको छ । यसअघि कचनकवलमा ३३ जना, दमक र बार्हदशीमा १/१ जनामा संक्रमण देखिएको थियो । प्रदेश १ को उदयपुरमा ३३, धनकुटामा ७, मोरंगमा ५, सुनसरीमा २, खोटाङ र भोजपुरमा १/१ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ बाट २६ जना डिस्चार्ज भएका छन् । देशभरी डिस्चार्ज हुनेको संख्या ७० पुगेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३