प्रकाशित : ९ जेष्ठ २०७७, शुक्रबार १९:०७

विराटनगर, ९ जेठ । प्रदेश नं. १ मा सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन ) ऐन, २०६८ को पूर्णरुपमा पालना गराउने निर्णय गरिएको छ । सामाजिक विकास मन्त्रालयमा आज वसेको बैठकले सुर्तीजन्य पदार्थ पूर्णरुपमा पालना गराउने निर्णय गरेको हो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) १ नं. प्रदेशको समुदाय स्तरमा संक्रमण हुन लागेको अवस्थालाई ख्यालमा राखी संक्रमण थुक र छिटाको माध्यमबाट श्वासप्रश्वास मार्ग हुँदै एकआपसमा सर्ने देखिएकाले सुर्तीजन्य पदार्थ पूर्णरुपमा पालना गराउने निर्णय भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले बताउनुभयो ।

प्रदेश सरकार मन्त्रिपरिषद्कोको गत माघ १३ गते प्रदेश नं. १ लाई सुर्तीजन्य पदार्थ नियमन र नियन्त्रणयुक्त प्रदेश बनाउने निर्णय गरिएको थियो ।

सोही निर्णय अनुसार सामाजिक विकास मन्त्रालयले सरोकारवाला पक्षहरुसँगको समन्वय र सहकार्यमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन संवन्धि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरेको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३