प्रकाशित : ८ जेष्ठ २०७७, बिहीबार १९:००

विराटनगर, ८ जेठ । मोरङको लेटाङ नगरपालिकाले सवै नाका शिल गर्ने भएको छ । जेठ ९ गते राती १२ वजेदेखि जेठ १२ गते राती १२ वजे सम्मका लागि लेटाङ नगरपालिका प्रवेश गर्ने सवै नाका शिल गरिने नगर प्रमुख शंकर राईले जानकारी दिनुभयो ।

कोरोना भाईरसको संक्रमण छिमेकी जिल्ला र स्थानीय तहमा देखिएकोले नगर प्रवेश गर्ने नाका शिल गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । अत्यावस्यक सेवा र अत्यावस्यक सवारी बाहेक सवै बन्द गरि हिँडडुल गर्न समेत निषेध गरिने उहाँले बताउनुभयो ।

यसैवीच कोरोना भाइरसको संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले १० बेडको होल्डिङस्थल बनाउने भएको छ । नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको जेठ ८ गतेको बैठकले पथरी बहुमुखी क्याम्पसमा १० बेडको होल्डिङस्थल बनाउने निर्णय गरेको नगर प्रमुख एवम् समन्वय समिति संयोजक दिलीपकुमार राईले बताउनुभयो ।

नगर कार्यपालिकाको जेठ ७ गतेको बैठकले नेपाल बाहिरबाट आएकाहरुकालागि क्वारेन्टाइनमा जानु अघि तत्काल छुट्टै र सुरक्षित राख्नका लागि होल्डिङ स्थल बनाउने निर्णय गरेको थियो ।

समन्वय समितिले क्याम्पसको कोठालाई १० वटा बेडका रुपमा होल्डिङ स्थल बनाउने निर्णय गरेको हो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३