प्रकाशित : ८ जेष्ठ २०७७, बिहीबार १७:१२

विराटनगर, ८ जेठ । प्रदेश नं. १ मा कोरोना संक्रमितको संख्या ८४ पुगेको छ । आज थप ७ जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाको केचनाकवलका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।

केचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका व्यक्तिमा कोरोना देखिएको हो । उनीहरु सबै भारतबाट आएका हुन् । ८ जना संक्रमित थपीएसँगै झापामा संक्रमितको संख्या ३५ पुगेको छ । यसअघि प्रदेश १ को उदयपुरमा ३३ जना, धनकुटामा ७ जना, मोरङमा ४ जना, सुनसरीमा ३ जना, खोटाङमा एक जना र भोजपुरमा एक जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेशमा संक्रमित भएकामध्ये २६ जना डिस्चार्ज भईसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट नेपालमा ३ जनाले ज्यान गुमाएका छन् । संक्रमित मध्ये ४९ जना डिस्चार्ज भएका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३