प्रकाशित : ८ जेष्ठ २०७७, बिहीबार १६:००

विराटनगर, ८ जेठ । विराटनगर महानगरपालिका–१४ झटियाईका ५५ वर्षीय सत्यराम चौहानको हत्या उनकै छोराहरुले गरेर शव घर भित्रै पुरेको खुलेको छ ।

सत्यरामको हत्यामा जेठो छोरो २९ वर्षीय रोहित र माइलो २६ वर्षीय नागेन्द्र चौहानको संलग्नता रहेको मोरंग प्रहरीले आज पत्रकार सम्मेलनगरि सार्वजनिक गरेको छ । दुई दाजु–भाई मिलेर सत्यरामको हत्या गत शनिबार राति गरेको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो । दुवै जना मिलेर फरुवाले हानेर हत्या गरेपछि घर भित्रै खाल्डो खनेर शव तन्नाले बेरेर पुरेको प्रहरीको भनाइ छ । प्रहरीले घर भित्रै पुरेको शव हिजो साँझ उत्खनन् गरेर पोस्टमार्टमका लागि कोसी अस्पताल ल्याएको थियो । सत्यराम जेठो छोरो रोहितसँग आफ्नै घरमा बस्थे ।

तीन छोरा मध्ये माइलो छोरो नागेन्द्र बिहे गरेर श्रीमतीसहित विराटनगर–१५ मा डेरामा बस्थे । कान्छोे छोरा सोमकुमार तीन वर्षदेखि वेपत्ता छन् । प्रहरीका अनुसार बाबुले जेठो छोरा रोहितसँग पैसा मागेका थिए । तर ज्यालामजदुरी गर्ने रोहितले आफूसँग पैसा नभएको बताएपछि बाबुले घरबाट निकालिदिने चेतावनी दिएपछि बाबु छोराबीचमा विवाद सुरु भएको प्रहरीको भनाइ छ । त्यतिबेला माइलो छोरो नागेन्द्र पनि बुवा र दाजु बस्ने घरमा पुगेका थिए ।

विवाद बढ्दै गएपछि रोहितले नजिकै रहेको फरुवाले सुरुमा बुवाको टाउकोमा प्रहार गरेकार र त्यसपछि दुवै दाजुभाई मिलेर सत्यरामको हत्या गरेको प्रहरीको भनाइ छ । बुवाको शव बाहिर निकालेमा घटनाका बारेमा गाउँलेले थाहा पाउने भएपछि आफूहरुले घर भित्रै पुरेको प्रहरीलाई बताएका छन् ।

बाबुको हत्या गरिएको घटनामा संलग्न रोहित र नागेन्द्र दुवै जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी राईले बताउनु भयो । उहाँले दुवै जना विरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन घटनाको अनुसन्धान अघि बढाइएको जानकारी दिनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३