प्रकाशित : ७ जेष्ठ २०७७, बुधबार १९:००

विराटनगर, ७ जेठ । प्रदेश १ मा १३ हजार ४ सय बढीको परीक्षण गरिएको छ । आज साँझ सम्म १३ हजार ४ सय ४४ जनाको परीक्षण गरिएको छ ।

पीसीआर विधिबाट ३ हजार ७ सय ७ र आरडिटी विधिबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण गरिएको छ । प्रदेश १ मा कोरोना भाईरसका शंकास्पद १ हजार २० महिला र २ हजार ६ सय ८७ पुरुषको नमूना संकलन गरिएको छ । आज ३ सय ७५ जनाको स्वाव संकलन गरिएको छ ।

स्वाव संकलन गरिएका मध्ये ६६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । ८ सय ९० महिला र २ हजार ३ सय ७५ पुरुष गरि ३ हजार २ सय ४७ जनाको कोरोना नेगेटिभ रिपोर्ट आएको छ । स्वाव संकलन गरिएका मध्ये ३ सय ९४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेश १ मा आरडिटी परीक्षण गरिएका मध्ये २५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

आरडिटी गरिएका १ हजार ९ सय २५ महिला र ७ हजार ७ सय ८८ पुरुष गरि ९ हजार ८ सय १२ जनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा ६ हजार २ सय ७२ वेड क्षमताको क्वारेन्टाईन निर्माण गरिएको छ । जेठ ७ गते १ सय २ वटा वेड थप गरिएको छ । क्वारेन्टाईनमा २ सय ३६ महिला र ७ सय ७५ पुरुष गरि १ हजार ११ जना रहेका छन् ।

होमक्वारेन्टाईनमा ८ हजार ४ सय ६३ जना रहेका छन् । प्रदेश १ मा आज व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) १० थान वितरण गरिएको छ । प्रदेश सरकारले हाल सम्म १ हजार ८९ थान पीपीई वितरण गरिसकेको जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३