प्रकाशित : ७ जेष्ठ २०७७, बुधबार १९:०८

विराटनगर, ७ जेठ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६६ पुगेको छ । आज थप ७ जना कोरोना संक्रमित पुष्टी भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका ५, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालामा गरिएको परीक्षणमा धनकुटाका १ र धरानका १ जनालाई कोभिड—१९ पुष्टि भएको हो ।

प्रदेश १ मा कोरोना परीक्षणको दायरा बढेसँगै संक्रमितको संख्या पनि दैनिक बढ्दै गएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो । प्रदेश १ मा तीन ठाउँबाट पिसिआर परीक्षण भइरहेको छ ।

प्रदेश १ का ७ जिल्लामा कोरोना संक्रमित देखिएका छन् । उदयपुरमा ३३, झापामा १७, धनकुुटामा ७, मोरङमा ४, सुनसरीमा ३, खोटाङमा १ र भोजपुरमा १ जना संक्रमित देखिएका हुन । संक्रमित मध्ये २६ जना डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमा उदयपुरका २३, झापाका २ र भोजपुरका १ जना छन् । डिस्चार्ज भएका १० जना भारतीय नागरिक हुन । उनीहरूलाई उदयपुरमा संक्रमण देखिएको थियो ।

नेपालमा संक्रमितको संख्या ४ सय ३४ पुगेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३