प्रकाशित : ७ जेष्ठ २०७७, बुधबार १३:३१

विराटनगर, ७ जेठ । प्रदेश १ बाट आज थप ८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ५ भारतीय नागरिक र ३ जना उदयपुरको भुल्केका रहेका छन् ।

आज डिस्चार्ज हुनेहरु गत वैशाख ५ र ९ गते कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए । डिस्चार्ज हुनेमा उदयपुरका ४६ वर्षीय मोहम्वद इद्रिस, २८ वर्षीय मोहम्वत साविर, ४० वर्षीय मोहम्वत सनौला र भारतीय नागरिकहरु १८ मोहम्वत साईद, २२ वर्षीय सलमान खान, २५ वर्षीय मलिन खान , ६६ वर्षीय मुस्तकिन र १८ वर्षीय गुड्डु आलम रहेका छन् ।

आज डिस्चार्ज भएका ५ जना भारतीय नागरिकलाई विराटनगर १५ को रानी मरकज क्वारेन्टाईमा र उदयपुरका ३ जनालाई भुल्के पठाईएको कोभिड अस्पतालका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।

आज ८ जना डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या २६ पुगेको छ । कोभिड अस्पतालमा अहिले २८ जना उपचाररत रहेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६६ पुगेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३