प्रकाशित : ६ जेष्ठ २०७७, मंगलवार २१:४२

विराटनगर, ६ जेठ । प्रदेश १ मा आज १६ जना कोभिड १९ का संक्रमित थपिएका छन्। आज राती धनकुटामा ५ जना संक्रमित थपीएका छन् । ८३ जनाकाे स्वाव संकलन गरेर विपी प्रतिष्ठान धरानमा गरिएकाे परीक्षणमा ४ पुरूष र १ महिलामा संक्रमण पुष्टि भएकाे हाे । यसअघि आज विहान झापाका ९ जना, सुनसरीका १ जना र माेरंगमा १ जनामाा संक्रमण पुष्टि भएको  थियाेे। यो सँगै प्रदेशमा संक्रमितको संख्या ५९ पुगेको छ। त्यसमध्ये १८ जना उपचारपछि घर फर्केका छन्।

झापाको कचनकवल गाउँपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको कोशी अस्पतालले जनाएको छ।

कोशी अस्पतालको प्रयोगशालामा उनीहरुको परीक्षण भएको थियो। सुनसरी र माेरंगका २ जनाकाे धरानमा परीक्षण गरिएकाे थियाे ।

प्रदेश१ मा ७ जिल्लामा संक्रमित देखिएका छन् । उदयपुरमा ३३, झापामा १२, माेरंगमा ४ , सुनसरीमा २, खाेटाङमा १, धनकुुटामा ६ र भाेजपुरमा १ जना संक्रमित देखिएका हुन ।

संक्रमित मध्ये १८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा उदयपुरका १५, झापाका २ र भाेजपुरका १ जना छन् । डिस्चार्ज भएका ७ जना भारतीय नागरिक हुन । उनीहरूलाई उदयपुरमा संक्रमण देखिएकाे थियाे ।

देशभर संक्रमितको संख्या ४ सय ७ पुगेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३