प्रकाशित : ६ जेष्ठ २०७७, मंगलवार १९:००

विराटनगर, ६ जेठ । कोरोनाको जोखिम बढेपछि मोरङको पथरी शनिश्चरे क्षेत्रमा नगरपालिका कार्यालयले भोली बुधबारदेखि सवै पसल वन्द गर्ने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको मंगलबारको बैठकले नगरमा पनि कोरोना संक्रमणको जोखिम बढेपछि लकडाउनमा कडाई गर्ने निर्णय गरेको हो । नगरको वडा नम्वर १० घर भई सुनसरीको पश्चिम कुशाहाको सशस्त्र प्रहरी कार्यालयमा कार्यरत युवालाई कार्यक्षेत्रमै संक्रमण देखिएपछि नगर क्षेत्रमा थप सजकता अपनाउँदै लकडाउनमा कडाई गर्नुपर्ने अवस्था देखिएको छ ।

बैठकले, विहान ६ देखि विहान १० बजेसम्म सञ्चालनमा आएका खाद्यान्न, सागसब्जी सहितका पसलहरु जेठ १० गतेसम्मका लागि पूर्ण रुपमा वन्द गर्ने तथा नगरको सिमा क्षेत्रमा प्रहरीमार्फत आवतजावतमा पूर्ण वन्देश लगाउने समेत निर्णय गरेको छ ।

यसका साथै, कोरोना संक्रमित हुनसक्ने आशंकामा रहेका कुनै व्यक्तिलाई क्वारेन्टिनमा पुर्याउनु अघिको तात्कालिन अवस्थामा सुरक्षित स्थलमा राख्ने व्यवस्था समेत मिलाउन नगरले व्यवस्थापन गर्ने निर्णय भएको नगर प्रमुख दिलीपकुमार राईले जनाए । साथै उनले नगर क्षेत्रमा पनि कोरोनाको जोखिम बढ्दै गएकाले सवै नगरवासीलाई सजक भएर घरभित्रै बस्नका लागि आग्रह समेत गरेका छन् ।

बैठकले, नगर र वडाका सम्झौता भएका योजनाहरु लकडाउनले सम्पन्न हुन नसकेकाले त्यस्ता योजनाको काम सम्पन्न गर्ने अवधि असार १५ गतेसम्मलाई तोकेको छ । साथै, नगरको जैविक मल पशुपंक्षीका लागि पोषणयुक्त आहाराको कार्यक्रमलाई वडाहरुमार्फत अघि बढाउने पनि निर्णय भएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३