प्रकाशित : ६ जेष्ठ २०७७, मंगलवार १७:१५

विराटनगर, ६ जेठ । प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सभाको बैठक आगामी जेठ १४ का लागि आह्वान गर्नुभएको छ ।

प्रदेश १ को छैठौं तथा वजेट अधिवेशन जेठ १४ गते दिउँसो २ वजेका लागि प्रदेश प्रमुख अधिकारीले आह्वान गर्नुभएको हो ।

नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बैठक आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयद्धारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

बर्षे अधिवेशन आह्वानसँगै प्रदेश सरकारलाई आगामी आर्थिक बर्ष २०७७/०७८ को बार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३