प्रकाशित : ६ जेष्ठ २०७७, मंगलवार १७:१४


विराटनगर, ६ जेठ । विराटनगर महानगरपालिकाले विराटनगर बाहिरका व्यक्ति कसैको घर/टोलमा आए संवन्धित वडाध्यक्षलाई खवर गर्न विराटनगर महानगरपालिकाले अनुरोध गरेको छ ।
कोरोना भाईरसको संक्रमणको अवस्थालाई मध्यनजर गर्दै महानगरपालिकाले टोलमा गठित एक्सन टिम र संवन्धित वडाध्यक्षलाई खवर गर्न अनुरोध गरेको हो ।
आज एक सूचना प्रकाशित गरि महानगरपालिकाले बाहिरबाट आउने व्यक्तिको कोरोना भाईरस परीक्षण गराएर मात्र घरमा प्रवेश गर्न दिन अनुरोध गरेको छ ।