प्रकाशित : ६ जेष्ठ २०७७, मंगलवार १२:४३


विराटनगर, ६ जेठ । प्रदेश १ मा आज ११ जना कोभिड १९ का संक्रमित थपिएका छन्।
झापाका ९ जना र सुनसरीका १ जनामा संक्रमण पुष्टि भएको हो। यो सँगै प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ। त्यसमध्ये १८ जना उपचारपछि घर फर्केका छन्।
झापाको कचनकवल गाउँपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको कोशी अस्पतालले जनाएको छ।
कोशी अस्पतालको प्रयोगशालामा उनीहरुको परीक्षण भएको थियो। सुनसरी र माेरंगका २ जनाकाे धरानमा परीक्षण गरिएकाे थियाे ।
प्रदेश१ मा ७ जिल्लामा संक्रमित देखिएका छन् । उदयपुरमा ३३, झापामा १२, माेरंगमा ४ , सुनसरीमा २, खाेटाङमा १, धनकुुटामा १ र भाेजपुरमा १ जना संक्रमित देखिएका हुन ।
संक्रमित मध्ये १८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा उदयपुरका १५, झापाका २ र भाेजपुरका १ जना छन् । डिस्चार्ज भएका ७ जना भारतीय नागरिक हुन । उनीहरूलाई उदयपुरमा संक्रमण देखिएकाे थियाे ।
देशभर संक्रमितको संख्या ४ सय २ पुगेको छ ।