प्रकाशित : ५ जेष्ठ २०७७, सोमबार १९:४३

विराटनगर, ५ जेठ । जिल्ला अस्पताल धनकुटामा कार्यरत नर्समा कोरोना पोजेटिभ रिपोर्ट आएपछि आज कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको छ ।

जिल्ला अस्पतालमा कार्यरत ३४ वर्षीय स्वास्थ्यकर्मीमा हिजो साँझ कोरोना संक्रमण पुष्टी भएको थियो । संक्रमण पुष्टि भएपछि उनी ५ वर्षीय छोरा लिएर कोभिड अस्पताल विराटनगर आएकी थिइन । आमा छोरा डेरामा वस्दै आएकाले दुवैजनालाई कोभिड अस्पताल ल्याईएको थियो । अस्पतालमा आमा छोरा नै आईपुगेपछि ५ वर्षीय छोराको कोरोना परीक्षण गरिएको थियो ।

कोरोना परीक्षणमा छोराको रिपोर्ट नेगेटिभ आएको थियो । रिपोर्ट नेगेटिभ आएपछि मोरंगमा कार्यरत संक्रमितका श्रीमानलाई छोरा जिम्मा लगाईएको कोभिड १९ अस्पताल कोरोना उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानहादुर वस्नेतले जानकारी दिनुभयो ।

छोरालाई होमक्वारेन्टाईनमा राख्न भनिएको उहाँले बताउनुभयो । जनस्वास्थ्य अधिकृत वस्नेतका अनुसार कोभिड अस्पतालमा उपचाररतको संख्या २३ रहेको छ । १७ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।

आज मोरंगको रतुवामाईका २४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । रतुवामाईमा संक्रमण देखापरेका संक्रमितलाई कोभिड अस्पताल ल्याउने तयारी भईरहेको जनस्वास्थ्य अधिकृत वस्नेतले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३