प्रकाशित : ४ जेष्ठ २०७७, आईतवार १८:००

विराटनगर, ४ जेठ । प्रदेश १ मा पीसीआर र आरडिटी विधिबाट १२ हजार २ सय बढीको परीक्षण गरिएको छ । आज साँझ सम्म दुवै विधिबाट १२ हजार २ सय ८८ जनाको परीक्षण गरिएको छ ।

कोरोना भाईरसका शंकास्पद ३ हजार ७१ जनाको स्वाव संकलन गरिएको छ । शंकांस्पद ९ सय ५ महिला र २ हजार १ सय ६६ पुरुष गरि ३ हजार ७१ जनाको स्वाव संकलन गरिएको हो । स्वाव संकलन गरिएका मध्ये प्रदेश १ मा ३६ जनाको पीसीआर पोजेभिट देखिइको थियो । स्वाव संकलन गरिएका ७ सय ९८ महिला र १ हजार ९ सय ८२ पुरुष गरि २ हजार ७ सय ८० जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा आज ६० जनाको स्वाव संकलन गरिएको छ ।

स्वाव संकलन गरिएका मध्ये २ सय ५५ जनाको रिपोर्ट आउन बाँकी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा आरडिटी विधिबाट ९ हजार २ सय १७ जनाको परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २५ जनाको आरडिटी पोजेटिभ देखिएको थियो ।

आरडिटी गरिएका १ हजार ७ सय ९७ महिला र ७ हजार ३ सय ९५ पुरुष गरि ९ हजार १ सय ९२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा आईसोलेसनमा बस्नेको संख्या १९ रहेको छ । ५ महिला र १४ पुरुष कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा रहेका छन् । उपचार केन्द्रमा रहेका १७ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा ६ हजार ५ वेडको क्वारेन्टाईन निर्माण गरिएको छ । क्वारेन्टाईनमा १ सय ६४ महिला र ५ सय ९८ पुरुष गरि ७ सय ६२ जना रहेका छन् ।

होम क्वारेन्टाईनमा ८ हजार २ सय १२ जना रहेका छन् । होमक्वारेन्टाईनमा १ हजार ६ सय १९ महिला र ६ हजार ५ सय ९३ पुरुष रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३