प्रकाशित : ३ जेष्ठ २०७७, शनिबार १९:००

विराटनगर, ३ जेठ । प्रदेश नंं १ मा कोरोना भाईरसका शंकास्पद ३ हजार बढीको स्वाव संकलन गरिएको छ । आज साँझ सम्म ३ हजार ११ जनाको स्वाव संकलन गरिएको हो । ८ सय ८९ महिला र २ हजार १ सय १२ पुरुष गरि ३ हजार ११ जनाको स्वाव संकलन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

स्वाव संकलन गरिएका मध्ये प्रदेश नं. १ मा ३६ जनाको कोरोना पोजेटिभ देखिएको छ । ७ सय ८२ महिला र १ हजार ९ सय ३८ पुरुष गरि २ हजार ७ सय २० जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वाव संकलन गरिएका मध्ये २ सय ५५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेश १ मा आरडिटी विधिबाट ९ हजार १ सय ८६ जनाको परीक्षण गरिएको छ ।

आरडिटी गरिएका मध्ये २५ जनाको पोजेटिभ रिपोर्ट आएको छ । आरडिटी गरिएका १ हजार ७ सय ९४ महिला र ७ हजार ३ सय ६७ पुरुष गरि ९ हजार १ सय ६१ जनाको आरडिटी रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा ५ हजार ९ सय ७३ वेडको क्वारेन्टाईन निर्माण गरिएको छ ।

आज १ सय ८८ वेड थप गरिएको छ । क्वारेन्टाईनमा १ सय ७० महिला र ५ सय ३५ पुरुष गरि ७ सय ५ जना रहेका छन् । होमक्वारेन्टाईनमा बस्नेको संख्या ८ हजार २ सय ५२ रहेको छ । होमक्वारेन्टाईनमा १ हजार ६ सय २८ महिला र ६ हजार ६ सय २४ पुरुष रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

यसैवीच विराटनगरका १६ जना पत्रकारको स्वाब संकलन गरेको छ । विराटनगरमा आज नेपाल पत्रकार महासंघ शाखाको परिसरमा प्रदेश सरकारका तर्फबाट खटिएका स्वास्थ्यकर्मीले स्वाब संकलन गरेका हुन् । महासंघका जिल्ला शाखाका अध्यक्ष बन्धु पोखरेलले कोशी कोभिड अस्पतालसम्म पुगेर रिर्पाेटिङ गरेका र कोरोना फैलिएको उदयपुरको भुल्केस्थित संक्रमित क्षेत्रसम्म गएका पत्रकारहरुको स्वाब संकलन गरिएको बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३