प्रकाशित : २ जेष्ठ २०७७, शुक्रबार १७:४६


विराटनगर, २ जेठ । प्रदेश १ मा पीसीआर र आरडिटी विधिबाट १२ हजार बढीको परीक्षण गरिएको छ । आज साँझ सम्म दुवै विधिबाट १२ हजार ८५ जनाको परीक्षण गरिएको हो । पीसीआर परीक्षणका लागि कोरोना भाईरसका शंकास्पद २ हजार ९ सय ७४ जनाको नमूना संकलन गरिएको छ ।
८ सय ७७ महिला र २ हजार ९७ पुरुषको नमुना संकलन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा आज ५५ जनाको नमुना संकलन गरिएको छ ।
नमूना संकलन गरिएका मध्ये २ हजार ६ सय २३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा हाल सम्म कोरोना पोजेटिभ देखिएको संख्या ३५ रहेको छ । नमूना संकलन गरिएका मध्ये ३ सय १६ जनाको रिपोर्ट आउन बाँकी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा आरडिटी विधिबाट ९ हजार १ सय ११ जनाको परीक्षण गरिएको छ । आरडिटी परीक्षण गरिएका मध्ये २५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
आरडिटी गरिएका १ हजार ७ सय ८० महिला र ७ हजार ३ सय ६ पुरुष गरि ९ हजार ८६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा हाल सम्म ५ हजार ८ सय १६ वेडको क्वारेन्टाईन निर्माण गरिएको छ । आज ३१ वेड थप गरिएको छ ।
क्वारेन्टाईनमा १ सय ७३ महिला र ५ सय १४ पुरुष गरि ६ सय ८७ जना रहेका छन् । होमक्वारेन्टाईनमा बस्नेको संख्या ८ हजार २ सय ५५ रहेको छ । होमक्वारेन्टाईनमा १ हजार ६ सय २४ महिला र ६ हजार ६ सय ३१ पुरुष रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।