प्रकाशित : १ जेष्ठ २०७७, बिहीबार १७:५६

विराटनगर, १ जेठ । प्रदेश १ मा आज एकै दिन कोरोना भाईरसका शंकास्पद ३ सय ६७ जनाको स्वाव संकलन गरिएको छ । यसअघि बुधबार र मंगलबार ९०/९० जनाको स्वाव संकलन गरिएकोमा आज एकै दिन ३ सय ६७ जनाको स्वाव संकलन गरिएको हो ।

१ सय २३ महिला र २ सय ४४ पुरुषको स्वाव संकलन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा आज सम्म ८ सय ५८ महिला र २ हजार ६१ पुरुष गरि २ हजार ९ सय १९ जनाको स्वाव संकलन गरिएको छ । स्वाव संकलन गरिएका मध्ये ७ सय १७ महिला र १ हजार ७ सय १८ पुरुष गरि २ हजार ४ सय ३५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

स्वाव संकलन गरिएका मध्ये ४ सय ४६ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेश १ मा आरडिटी विधिबाट ८ हजार ९ सय ३३ जनाको परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये २५ जनाको रिपोर्ट पोजेटिभ र ८ हजार ९ सय ८ जनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा क्वारेन्टाईन वेडको संख्या ५ हजार ७ सय ८५ रहेको छ । क्वारेन्टाईनमा १ सय ५७ महिला र ४ सय ९० पुरुष गरि ६ सय ४७ जना रहेका छन् ।

होमक्वारेन्टाईनमा ८ हजार २ सय ७१ जना रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) आज सम्म १ हजार ७९ वटा वितरण गरिएको छ । आज ७० वटा पीपीई हस्तान्तरण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३