प्रकाशित : ३१ बैशाख २०७७, बुधबार २१:३९

विराटनगर ३१ वैशाख । नेपाल होमयोपेथिक चिकित्सक संघले कोरोना महामारी विरुद्ध प्रतिरोधात्मक शक्ति निर्माण गर्ने औषधि आज प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको छ ।

संघका अध्यक्ष डा.रवीन्द्र कुमार, महासचिव डा. रविप्रकाश राय र केन्द्रीय सदस्य डा.आषिश कुमारले प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई औषधि हस्तान्तरण गरेका थिए । नेपाल माहेश्वरी परिषदका अध्यक्ष महेश सोनी र नेपाल माहेश्वरी समाज विराटनगरका अध्यक्ष नन्दकिशोर राठी पनि सो अवसरमा उपस्थित हुनुहुन्थ्यो ।

दुवै संस्थाले संयुक्त रुपमा औषधि हस्तान्तरण गरेका थिए । आज हस्तान्तरण गरिएको होमियोपेथिक औषधि आर्सेनिक एल्बम ३० नामको औषधि हस्तान्तरण गरिएको थियो ।

संघका महासचिव रविप्रकाश रायका अनुसार यसपटक एकसय व्यक्तिका लागि सो औषधि हस्तान्तरण गरिएको जनाउँदै दुइदिनका बीचमा थप ५ हजार मानिसका लागि हुने औषधि मन्त्रालयलाई हस्तान्तरण गरिने छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३