प्रकाशित : ३१ बैशाख २०७७, बुधबार १९:३१

विराटनगर, ३१ वैशाख । प्रदेश १ मा पीसीआर र आरडिटी विधिबाट ११ हजार बढीको परीक्षण गरिएको छ । आज साँझ सम्म ११ हजार १ सय १३ जनाको परीक्षण गरिएको हो ।

आज सम्म कोरोना भाईरसका शंकास्पद २ हजार ४ सय ३९ जनाको स्वाव संकलन गरिएको छ । शंकास्पद ७ सय २३ महिला र १ हजार ७ सय १६ पुरुष गरि २ हजार ४ सय ३९ जनाको स्वाव संकलन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । आज ९० जनाको स्वाव संकलन गरिएको छ । स्वाव संकलन गरिएका मध्ये ७ सय २१ महिला र १ हजार ६ सय ९४ जना पुरुष गरि २ हजार ४ सय १५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । आज मात्रै स्वाव संकलन गरिएका १ सय १० जनाको रिपोर्ट सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको रिपोर्टमा सवैको कोरोना नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश १ मा आरडिटी विधिबाट ८ हजा ६ सय ७४ जनाको परीक्षण गरिएको छ । परीक्षण गरिएकोमा २५ जनाको आरडिटी पोजेटिभ आएको छ । १ हजार ६ सय ६२ महिला र ६ हजार ९ सय ८७ पुरुष गरि ८ हजा ६ सय ४९ जनाको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ । आज मात्र ३ सय ५४ जनाको आरडिटी परीक्षण गरिएको छ । प्रदेश १ मा ५ हजार ७ सय ७७ वेडको क्वारेन्टाईन निर्माण गरिएको छ । १७ वटा क्वारेन्टाईन वेड घटाईएको छ । क्वारेन्टाईनमा १ सय ४० महिला र ५ सय २ पुरुष गरि ६ सय ४२ जना रहेका छन् । होमक्वारेन्टाईनमा १ हजार ६ सय २८ महिला र ६ हजार ५ सय ८२ पुरुष गरि ८ हजार २ सय १० जना रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

मोरङमा ४ सय २ क्षमताको क्वारेन्टाईन निर्माण गरिएको छ । आज १ सय २७ वटा क्वारेन्टाईन थप गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो । मोरङमा क्वारेन्टाईनमा बस्नेको संख्या २ सय २७ रहेको छ । जसमा २ सय पुरुष र २७ महिला रहेका छन् ।

मोरङमा ९६ वेडको आईसोलेसन बनाईएको छ । आईसोलेसनमा १४ महिला र ६ पुरुष गरि २० जना रहेको कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.सङ्गीता मिश्राले जानकारी दिनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३