प्रकाशित : ३० बैशाख २०७७, मंगलवार १४:३५

विराटनगर ३० वैशाख । भारत घर भएका चार जना मजदुरलाई सीमा कटाएर नेपालबाट भारत पुर्याउन लागेको अवस्थामा दुई जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।

भारत नागोर घर भएका मजदुरसँग पैसा लिएको खुलेपछि उनीहरु पक्राउ परेका हुन् । ‘लकडाउन’ उल्लंघन गर्दै मजदुरलाई भारततर्फ लिएर गइरहेको अवस्थामा विराटनगर महानगरपालिका–६ सरोचियाका ३६ वर्षीय अपसर आलम र ३७ वर्षीय मुवारक हुसेनलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले मजदुरसँग पैसा असुल्दै उनीहरुलाई सीमा कटाएर भारत पुर्याउने प्रयास गर्दै गर्दा आलम र हुसेनलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि लकडाउन गर्दै नेपाल र भारत दुई देशमा आवतजावत गर्न रोक लगाउँदै सीमा नाका पूर्ण रुपमा बन्द गरिएको छ । यो अवस्थामा विराटनगर –१८ भेडियारीको बाटो हुँदै चार जनालाई लिएर भारततर्फ जाँदै गरेको अवस्थामा स्थानीय बासिन्दाको सहयोगमा आलम र हुसेलाई पक्राउ गरिएको थापाले बताउनुभयो ।

चारै जना मोरङको सुन्दरहरैंचा नगरपालिकाको विराटचौकमा रहेको कमला स्टिल फ्याक्ट्रिमा मजदुरी गर्छन् । ‘लकडाउनका कारण लामो समयदेखि फ्याक्ट्रि बन्द भयो । काम बन्द भएसँगै कमाई पनि नभएपछि आफ्नो मुलुक फर्कननपाएर फ्याक्ट्रिका मजदुर रहेका भारतीय नागरिक समस्यामा परेछन्,’प्रनि थापाले भने, ‘घर जान नपाउँदा उनीहरु अलमलमा परिरहेका थिए । त्यसको उपाय खोज्दै सम्पर्कमा पुगेका उनीहरुसँग आलम र हुसेनले भने पैसा असुल्दै नेपालबाट सीमा क्षेत्र कटाएर भारत पुर्याउन खोजेको पाइयो ।’ प्रति व्यक्ति एक हजारका दरले चार हजार भारतीय रुपैयाँ असुल्दै उनीहरुलाई नेपालबाट सीमा कटाउने प्रयास गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रनि थापाले बताउनुभयो ।

पक्राउ परेका दुवै जनामाथि अनुसन्धान सुरु गरिएको उनको भनाइ छ ।छ जनाको समूह सीमा क्षेत्र पार गर्नै लाग्दा स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले रोक्दै नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा मजदुरहरुले भारत फर्कन नपाएर समस्यामा परेको र भारत फर्कनका लागि आफूहरुले पैसा तिरेको प्रहरीलाई बताएका थिए । अप्ठेरोमा परेका बेला पैसा तिरेर भए पनि आफूहरु घर जान तयार भएको र पैसा तिरेपछि अप्ठेरो नपर्ने तथा बाटो देखाएर सीमा कटाइदिने बताउँदै दुई जनाले लिएर गएको मजदुरहरुले बताएको प्रहरीको भनाइ छ ।
प्रनि थापाले भारतबाट आएकामा कोरोना संक्रमण देखिने क्रम बढेसँगै नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाएर कडाई गर्ने काम भइरहेको बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३