प्रकाशित : २९ बैशाख २०७७, सोमबार १८:५७

विराटनगर, २९ वैशाख । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ विराटनगरले वैशाख २९ गते मोरङको धनपालथान गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

गाउँपालिकालाई आईआर थर्ममिटर, एन ९५ मास्क, ग्लोव्स, सर्जिकल मास्क, सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्री इन्सेक प्रदेश १ का संयोजक सोमराज थापा, इन्सेक कार्यक्रम अधिकृत वागमता कट्टेल, मानवअधिकार निगरानी समिति धनपालथानका अध्यक्ष कृष्ण राजवंशीले गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराज सेठलाई हस्तान्तरण गर्नुभएको थियो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै इन्सेक प्रदेश संयोजक थापाले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा सवैको सहयोग आवस्यक रहेको बताउनुभयो । सानो सानो सहयोगले ठुलो काम हुने बताउनुभयो । स्वास्थ्य सामाग्री ग्रहण गर्दै स्वास्थ्य शाखा प्रमुख सेठले ईन्सेकबाट प्राप्त स्वास्थ्य सामाग्रीले ठुलो सहयोग पुगेको बताउनुभयो । गाउँपालिका अन्र्तगतका स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्रीको अभाव भईरहेको समयमा ठुलो राहत मिलेको बताउनुभयो ।

इन्सेकको क्योस परियोजना सञ्चालित स्थानीय तहमा स्वास्थ्य सामाग्री वितरण गरिएको कार्यक्रम अधिकृत कट्टेलले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३