प्रकाशित : २९ बैशाख २०७७, सोमबार १८:००

विराटनगर, २९ वैशाख । विश्वभर कोरोना महामारीका कारण २ लाख ८४ हजार ३ सय ३५ जनाको मृत्यु भएको छ । ४२ लाख ७ हजार बढी संक्रमितमध्ये करिब १५ लाख ४ हजार उपचारपछि निको भएका छन् ।

पछिल्लो तथ्यांकअनुसार अमेरिकामा १३ लाख ६७ हजार ९ सय बढी संक्रमित हुँदा ८० हजार ७ सय ८७ जनाको मृत्यु भएको छ । बेलायतमा २ लाख १९ हजार बढी संक्रमित छन् भने मृत्यु हुनेको संख्या ३१ हजार ८ सय ५५ पुगेको छ । यस्तै स्पेनमा २ लाख ६४ हजार ६ सय बढी संक्रमित र २६ हजार ६ सय २१ जनाको मृत्यु भएको छ ।

इटालीमा कोरोना संक्रमितको संख्या २ लाख १९ हजार बढी हुंदा मृतकको संख्या ३० हजार ५ सय नाघेको छ । उता फ्रान्समा करिब १ लाख ७७ हजार संक्रमितमध्ये मृत्यु हुनेको संख्या २६ हजार ३ सय नाघेको छ ।

जर्मनीमा १ लाख ७१ हजार ८ सय बढी संक्रमित र ७ हजार ५ सय बढीको मृत्यु भएको छ । चीनमा ८२ हजार ९ सय संक्रमित छन् भने ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ । यस्तै रसियामा संक्रमितको संख्या बढेर करिब २ लाख १० हजार र मृतकको संख्या १ हजार ९ सय १५ पुगेको छ ।

भारतमा पनि कोरोना संक्रमित र मृत्यु हुनेको संख्या थपिंदै गएको छ । ६७ हजार ७ सय बढी संक्रमित हुँदा मृत्यु हुनेको संख्या २ हजार २ सय १५ पुगेको छ । उता पाकिस्तानमा कोरोना संक्रमितको संख्या ३० हजार ९ सय बढी छ भने ६ सय ६७ जनाकोे मृत्यु भएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३