प्रकाशित : २९ बैशाख २०७७, सोमबार १८:२५

विराटनगर, २९ वैशाख । प्रदेश १ मा पीसीआर र आरडिटी विधिबाट १० हजार ३ सय बढीको परीक्षण गरिएको छ । आज साँझ सम्म पीसीआर विधिबाट २ हजार २ सय ५९ जनाको स्वाव संकलन गरिएको छ । ६ सय ४१ महिला र १ हजार ६ सय १८ पुरुष गरि २ हजार २ सय ५९ जनाको स्वाव संकलन गरिएको हो ।

स्वाव संकलन गरिएका मध्ये ६ सय २७ महिला र १ हजार ५ सय ३८ पुरुष गरि २ हजार १ सय ९५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा करोना पोजेटिभ रिपोर्ट आउनेको संख्या ३५ रहेको छ । स्वाव संकलन गरिएका मध्ये २९ जनाको रिपोर्ट आउन बाँकी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश १ मा आरडिटी विधिबाट ८ हजार ७३ जनाको परीक्षण गरिएको छ । आरडिटी परीक्षण गरिएका मध्ये २२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । आरडिटी गरिएका १ हजार ५ सय ३२ महिला र ६ हजार ५ सय १९ जना पुरुष गरि ८ हजार ५ सय ५१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा ५ हजार ८ सय ७२ वेडको क्वारेन्टाईन निर्माण गरिएको छ । आज ७३ वटा क्वारेन्टाईन घटाईएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश १ मा क्वारेन्टाईनमा बस्नेको संख्या ७ सय ४३ रहेको छ । होम क्वारेन्टाईनमा ८ हजार ९२ जना बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३