प्रकाशित : २९ बैशाख २०७७, सोमबार १७:२२

विराटनगर, २९ वैशाख । गोर्खा वेल्फेयर ट्रष्ट नेपालले कोशी अस्पताल विराटनगरलाई ५ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि ट्रष्टले कोशी अस्पताललाई २ र कोभिड अस्पतालाई १ गरि ३ वटा ह्याण्ड वास पोइन्ट सहित विभिन्न १२ प्रकारका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको एरिया वेल्फेयर सेन्टर धरानका प्रमुख सिनियर एरिया वल्फेयर अफिसर पूर्णप्रसाद लिम्वुले बताउनुभयो । प्रदेश १ का विभिन्न स्थानीय तह लगायतका स्थानमा गोर्खा वेलफेयरले स्वास्थ्य सामाग्री हस्तान्तरण तथा ह्याण्ड वास पोइन्ट निर्माणको कामपनि गर्दै आएको उहाँले बताउनुभयो ।

डिफ्आईडीको आर्थिक सहयोगमा वितरण गरिएको विभिन्न स्वास्थ्य सामाग्री ग्रहण गर्दै कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्राले अस्पतालमा ह्याण्ड वास पोइन्टको महत्वपूण भूमिका हुने बताउनुभयो । स्वास्थ्य सामाग्री वितरणमा वेलफेयर ट्रष्टका विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३