प्रकाशित : २८ बैशाख २०७७, आईतवार १८:५९

विराटनगर, २८ वैशाख । प्रदेश १ बाट कोरोना भाईरस (कोभिड १९) का शंकास्पद २ हजार १ सय ४० जनाको स्वाव संकलन गरिएको छ । आज ६९ महिला र ६२ पुरुष गरि १ सय ३१ जनाको स्वाव संकलन गरिएको छ ।

स्वाव संकलन गरिएका मध्ये ५ सय ९७ महिला र १ हजार ५ सय ४ पुरुष गरि २ हजार १ सय १ जनाको रिपोर्ट नेगेटिम आएको छ । स्वाव संकलन गरिएका मध्ये ३५ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । स्वाव संकलन गरिएका मध्ये ३९ जनाको रिपोर्ट आउन बाँकी छ । प्रदेश १ मा आरडिटी विधिबाट ७ हजार ७ सय ३७ जनाको परीक्षण गरिएको छ ।

आरडिटी गरिएका मध्ये २१ जनाको रिपोर्ट पोजेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । आरडिटी गरिएको १ हजार ४ सय ४९ महिला र ६ हजार २ सय ६७ पुरुष गरि ७ हजार ७ सय १६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा बैशाख २८ गते सम्म ५ हजार ९ सय २५ वेडको क्वारेन्टाईन निर्माण गरिएको छ ।

क्वारेन्टाईनमा १ सय ९७ महिला र ७ सय ४२ पुरुष गरि ९ सय ३९ जना रहेका छन् । होमक्वारेन्टाईनमा बस्नेको संख्या ७ हजार ९ सय ९७ पुगेको छ । होमक्वारेन्टाईनमा १ हजार ५ सय ८४ महिला र ६ हजार ४ सय १३ पुरुष रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३