प्रकाशित : २८ बैशाख २०७७, आईतवार १७:२५

विराटनगर, २८ वैशाख । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत थप २ जना आज डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमा भोजपुर हतुवागढीका २६ वर्षीय उपेन्द्र राई र झापा बार्हदशीका ४० वर्षीय महाजिर आलम रहेका छन् । राई गत वैशाख १३ गते र आलम वैशाख १४ गते अस्पतालमा भर्ना भएका थिए । उनीहरुको पछिल्लो पटक गरिएको स्वाव परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको कोशी अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्राले बताउनुभयो ।

अस्पतालबाट डिस्चार्ज भएका दुवैजनालाई सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थ, स्वास्थ्य कार्यालय मोरंगका प्रमुख तथा कोभिड १९ उपचार केन्द्रका व्यवस्थापन संयोजक ज्ञानवहादुर वस्नेत लगायतले विदाई गर्नुभएको थियो ।

डिस्चार्ज भएका हतुवागढीका राईले गत फागुन ३० गते साउदी अरवबाट नेपाल आएको बताउनुभयो । झापा बार्हदशीका आलमले फागुन २७ गते भारतबाट घर आएको बताउनुभयो । डिस्चार्ज भएका दुवै जनाले अस्पतालले भने अनुसार क्वारेन्टाईनमा १४ दिन बस्ने बताएका छन् । राईले भोजपुरको घोडेटारमा निर्माण गरिएको क्वारेन्टाईनमा बस्ने बताउनुभयो । उहाँले तत्काल परिवारको सम्पर्कमा नजाने बताउनुभयो । उहाँले भन्नुभयो,‘ मेरा कारणले अरुलाई समस्या नहोस् ।’

बार्हदशीका आलमले घरमै निर्माण गरिएको क्वारेन्टाईनमा बस्ने बताउनुभयो । सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थले विदाई गर्दै अनिवार्य क्वारेन्टाईनमा बस्न सुझाव दिनुभयो ।

कोभिड अस्पतालमा उपचाररत आज २ जना डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ । अस्पतालमा १९ जना अहिले उपचाररत रहेको कोशी अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्राले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३