प्रकाशित : २७ बैशाख २०७७, शनिबार १९:००

विराटनगर, २७ वैशाख । कोरोना भाइरसबाट विश्वभरि संक्रमित हुनेको संख्या ४० लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार ४० लाख ३८ हजार ७ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

विश्वभरमा मृत्यु हुनेको संख्या २ लाख ७६ हजार ८ सय ८४ पुगेको छ भने १४ लाख मानिस उपचारपछि घर फर्किएका छन् । पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै मृत्यु र संक्रमित अमेरिकामा भएका छन् ।

अमेरिकामा १३ लाख २२ हजार १६३ जना संक्रमित हुँदा ७८ हजार ६ सय १६ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये ३ सय ७८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । त्यसैगरी दोस्रो धेरै मृत्यु बेलायतमा भएको छ । बेलायतमा ३१ हजार २ सय ४१ जनाको मृत्यु भएको जनाएको छ । बेलायतमा संक्रमितको संख्या दुई लाख ११ हजार ३ सय ६४ रहेको छ ।

कोरोना भाइरसका कारण धेरै मानवीय क्षति भएका मध्ये इटालीमा ३० हजार २०१, स्पेनमा २६ हजार ४८, फ्रान्समा २६ हजार २३०, रुसमा एक हजार ८ सय २७ जनाको मृत्यु भएको छ । धेरै मानवीय क्षति भएकाहरुमा जर्मनी, ब्राजिल, टर्की, इरानलगायतका देश पनि रहेका जनाइएको छ । यता भारतमा झण्डै ६० हजार जनामा कोरोनाको संक्रमण देखिएको छ ।

आज साँझ सम्म ५९ हजार ८ सय ८१ जनामा संक्रमण देखिँदा १ हजार ९ सय ९० जनाको मृत्यु भएको छ । पाकिस्तानमा २७ हजार बढीमा संक्रमण देखिँदा ६ सय १८ जनाको मृत्यु भएको छ । बंगलादेशमा १३ हजार ७ सय बढिमा संक्रमण देखिँदा २ सय १४ जनाको मृत्यु भएको छ । दक्षिण एसियामा सबैभन्दा कम भुटानमा ७ जना संक्रमित मध्ये ५ जना उपचारपछि घर फर्किएका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३