प्रकाशित : २७ बैशाख २०७७, शनिबार १९:०१

विराटनगर, २७ वैशाख । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३४ पुगेको छ । आज उदयपुरमा ३ जना थपीए पछि संक्रमितको संख्या ३४ पुगेको हो ।

संक्रमित भएका ३४ मध्ये १४ जना डिस्चार्ज भएका छन् । २० जनाको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार भईरहेको छ । प्रदेश १ मा कोरोना भाईरसका शंकास्पद २ हजार बढीको स्वाव संकलन गरिएको छ । आज सम्म ५ सय ३४ महिला र १ हजार ४ सय ७५ पुरुष गरि २ हजार ९ जनाको स्वाव संकलन गरिएको छ । आज मात्रै ९९ महिला र १ सय १५ पुरुष गरि २ सय १४ जनाको स्वाव संकलन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

स्वाव संकलन गरिएका मध्ये ५ सय २९ महिला र १ हजार ४ सय ४० पुरुष गरि १ हजार ९ सय ६९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वाव संकलन गरिएका मध्ये ६ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेश १ मा आरडिटी विधिबाट ७ हजार २ सय ९५ जनाको परीक्षण गरिएको छ । परिक्षण गरिएका मध्ये २१ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ ।

आरडिटी गरिएका १ हजार ३ सय ४ महिला र ५ हजार ९ सय ७० पुरुष गरि ७ हजार २ सय ७४ जनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा ५ हजार ९ सय २२ वेडको क्वारेन्टाईन निर्माण गरिएको छ । क्वारेन्टाईनमा २ सय २० महिला र ८ सय २४ पुरुष गरि १ हजार ४४ जना रहेका छन् ।

होमक्वारेन्टाईनमा बस्नेको संख्या ७ हजार ९ सय ४२ पुगेको छ । होमक्वारेन्टाईनमा १ हजार ५ सय ७३ महिला र ६ हजार ३ सय ६९ पुरुष रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३