प्रकाशित : २६ बैशाख २०७७, शुक्रबार १८:२१

विराटनगर, २६ वैशाख । प्रदेश १ मा आरडिटी र पीसीआर विधिबाट ८ हजार ९ सय बढीको परीक्षण गरिएको छ । आज साँझ सम्म दुवै विधिबाट ८ हजार ९ सय ९७ जनाको परीक्षण गरिएको छ । पीसीआर विधिबाट कोरोना भाईरसका शंकास्पद १ हजार ७ सय ९५ जनाको स्वाव संकलन गरिएको छ ।

स्वाव संकलन गरिएकामा ४ सय ३५ महिला र १ हजार ३ सय ६० पुरुष रहेका छन् । स्वाव संकलन गरिएका मध्ये ४ सय २३ महिला र १ हजार २ सय ९५ पुरुष गरि १ हजार ७ सय १८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । ४६ जनाको रिपोर्ट आउन बाँकी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

आरडिटी विधिबाट आज सम्म १ हजार ३ सय ५ महिला र ५ हजार ८ सय ९७ जना पुरुष गरि ७ हजार २ सय २ जनाको परीक्षण गरिएको छ । परिक्षण गरिएका मध्ये १ हजार २ सय ९८ महिला र ५ हजार ८ सय ८६ पुरुष गरि ७ हजार १ सय ८४ जनाको आरडिटी रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा ५ हजार ९ सय २१ वेड क्षमताको क्वारेन्टाईन निर्माण गरिएको छ । क्वारेन्टाईनमा २ सय ७२ महिला र ९ सय ४० पुरुष गरि १ हजार २ सय १२ जना रहेका छन् ।

होम क्वारेन्टाईनमा ७ हजार ८ सय ३५ जना रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा आईसोलेसनमा बस्नेको संख्या १७ रहेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३