प्रकाशित : २६ बैशाख २०७७, शुक्रबार १४:५६

विराटनगर, २६ वैशाख । विराटनगर ६ को शिवमन्दिर यूवा समूहले लकडाउनका कारण प्रभावित भएका विराटनगरका ७ सय व्यक्तिलाई दैनिक खाना खुवाउँदै आएको छ ।

कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि सरकारले देशव्यापी लकडाउन शुरु गरेपछि प्रभावित बनेका परिवारलाई चैत २० गतेदेखि यूवा समूहका नारायण बराल र गणपत मित्रुकाको नेतृत्वमा खाना खुवाउने अभियान शुरु गरिएको हो । १ सय १३ जनाबाट खाना खुवाउन शुरु गरेकोमा अहिले त्यो संख्या बढेर ७ सय ५० पुगेको छ ।

यूवा समूहका नारायण बरालले १ सय २८ गरिव तथा विपन्न घरपरिवारलाई र बिना कुपन शिव मन्दिर मार्गको किचनबाटै २ सय १५ जनालाई खाना वितरण गर्ने गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार यसअघि नोवेल अस्पताल र विराट मेडिकल कलेजका विरामी कुरुवाहरुलाई समेत गरी दैनिक ६ सय ५० जनालाई खाना उपलब्ध गराईएको थियो ।

शिव मन्दिर यूवा समूहले शुरु गरेको खाना वितरणको काममा अहिले विभिन्न व्यापारी, छिमेकी तथा तथा विराटनगर घरभई विदेशमा रहेकाहरुबाट सहयोग जुट्न थालेको बरालले बताउनुभयो । लकडाउन जारी रहँदा सम्म खाना खुवाउने अभियान रहने उहाँले बताउनुभयो । १ सय बढी सुकुम्वासी बस्तिका बिपन्न परिवारलाई कुपन वितरण गरिएको छ ।

दैनिक एक समय मात्र खाना उपलब्ध गराउँदै आएको शिव मन्दिर युवा समूहका गणपत मित्रुकाले बताउनुभयो ।

विहान साढे ९ वजेदेखि ११ वजे सम्म खाना वितरण गरिसक्ने गरिएको उहाँले बताउनुभयो । मित्रुकाले भन्नुभयो,‘ दोश्रो चरणमा २ सय ४८ परिवारमा कुपन वितरण गरिएको छ ।’ गरिव, विपन्न घर परिवार तथा सडक पेटीमा रहेकाहरुलाई पनि दैनिक खाना खुवाउने गरिएको उहाँको भनाई छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३