प्रकाशित : २६ बैशाख २०७७, शुक्रबार १३:४१

विराटनगर, २६ वैशाख । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना भाईरसको नियन्त्रणका लागि प्रदेश सरकारको ध्यान थ्रिटीमा केन्द्रित रहेको बताउनु भएको छ । प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि ट्रेसिङ, टेष्टीङ र ट्रिटमेन्टलाई मुख्य प्राथमिकता दिएर काम गरिरहेको उहाँले बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयले कोरोना नियन्त्रणका लागि निर्देशिका बनाएरै काम गरिरहेको उहाँले बताउनुभयो । सामाजिक विकास मन्त्रालयको जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहता नेतृत्वको टिमले ट्रेसिङको काम गरिरहेको मन्त्री घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो,‘कोरोनाको रुट पत्ता लगाउने काम यसले गर्छ ।’ प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवको नेतृत्वमा टेष्टीङ गर्ने टिम रहेको उहाँले बताउनुभयो ।

कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्टेन्ड डा. संगीता मिश्राको नेतत्वमा ट्रिटमेन्ट गर्ने टिम रहेको मन्त्री घिमिरेले बताउनुभयो । सो टिममा डा. दीपक सिग्देल र डा. डेनप्रसाद आचार्य रहेका छन् ।

सामाजिक विकास मन्त्री घिमिरेले हेल्थडेक्स पुन : शुरु गरिने बताउनुभयो । लकडाउन खुकुलो भएसँगै हेल्थडेक्स शुरु हुने उहाँको भनाई छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३