प्रकाशित : २६ बैशाख २०७७, शुक्रबार १३:३९

विराटनगर, २६ वैशाख । कोभिड अस्पतालमा गत वैशाख ५ गते विरामी आएपछि उपचारमा खटिएका २५ जना स्वास्थ्यकर्मीको टोली आज डिस्चार्ज भएको छ । इष्टर्न स्टार होटेलको क्वारेन्टाईनमा रहेका स्वास्थ्यकर्मीको टोलीलाई सामाजिक विकास मन्त्री जीवन घिमिरे, मन्त्रालयका सचिव रविलाल पन्थ, कोशी अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्राले विदाई गर्नुभयो । चिकीत्सकको साहसका कारण कोरोनालाई परास्त गर्न सफल भएको मन्त्री घिमिरेले बताउनुभयो ।

प्रदेश १ सरकारले कोरोना उपचारका लागि गरेको कामको संघीय सरकार र अन्य प्रदेश सरकारहरुले चासोका साथ लिएको उहाँले बताउनुभयो । अवस्यकता परेको खण्डमा पुन सेवा दिन चिकित्सक र स्वास्थ्यकर्मीलाई उहाँले आग्रह गर्नुभयो । पहिलो चरणमा डा. डेनप्रसाद आचार्यको नेतृत्वमा २५ जनाको टिम रहेको थियो ।

७ दिन अस्पतालमा वसेको टिम १४ दिन क्वारेन्टाईनमा बसेर आज डिस्चार्ज भएको हो । डिस्चार्ज हुनुअघि स्वास्थ्यर्मीमा गरिएको पीसीआर परीक्षणमा सवैको रिपोर्ट नेगेटिभ आएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३