प्रकाशित : २५ बैशाख २०७७, बिहीबार १८:५५

विराटनगर, २५ वैशाख । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत थप ८ जना डिस्चार्ज हुने भएका छन् ।

डिस्चार्ज हुने ८ जनाको दुई पटक गरिएको स्वाव परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो । उनीहरुलाई भोली विहान १० वजे डिस्चार्ज गरिने छ । भोली डिस्चार्ज हुनेमा ७ जना नेपाली र १ भारतीय रहेका छन् । ७ नेपाली डिस्चार्ज हुनेमध्ये २ जना विराटनगरका रहेका छन् । कोरोना उपचार केन्द्रमा भर्ना भएको १४ दिन अवधि पुगेका १५ जनाको पीसीआर परीक्षण गर्दा ८ जनाको रिपोर्ट नेगेटिभ र ७ जनाको पोजेटिभ आएको थियो ।

कोभिड अस्पतालबाट यसअघि ६ जना डिस्चार्ज भएका थिए । हिजो डिस्चार्ज हुने सवै भारतीय नागरिक रहेका थिए । ६ जना डिस्चार्ज भएपछि उपचार केन्द्रमा २५ जना रहेका थिए । भोलि ८ जना डिस्चार्ज भएपछि १७ जना हुने छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको छ ।

प्रदेश नंं. १ मा आज सम्म कोरोना भाईरस कोभिड १९ का शंकास्पद १ हजार ७ सय ८९ जनाको स्वाव संकलन गरिएको छ । स्वाव संकलन गरिएका मध्ये ४ सय २२ महिला र १ हजार २ सय ९० पुरुष गरि १ हजार ७ सय १२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा आरडिटी विधिबाट ६ हजार ८ सय ३१ जनाको परीक्षण गरिएको छ ।

आरडिटी परीक्षण गरिएका मध्ये १८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । आरडिटी गरिएका १ हजार २ सय १२ महिला र ५ हजार ५ सय ६० पुरुष गरि ६ हजार ७ सय ७२ जनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ सरकारले वैशाख २५ गते सम्म ५ हजार ७ सय ९८ वेडको क्वारेन्टाईन निर्माण गरेको छ । मोरङको मिक्लाजुङमा नेपाली सेनाले यसअघि निर्माण गरेको २ सय वेडको क्वारेन्टाईन हटाईएको छ ।

हावाहुरीका कारण पाल उडाएपछि क्वारेन्टाईन हटाईएको बताईएको छ । प्रदेश १ मा क्वारेन्टाईनमा बस्नेको संख्या १ हजार ४ सय २ पुगेको छ । होमक्वारेन्टाईनमा ७ हजार ६ सय २९ जना रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३