प्रकाशित : २५ बैशाख २०७७, बिहीबार १७:२१


विराटनगर, २५ वैशाख । विराटनगरमा लकडाउनका प्रभावकारी बनाउनका लागि मोरंग प्रहरीले ५ वटा सडकहरु डाईभर्सन गरेको छ ।
विराटनगरमा लकडाउन प्रभावकारी नभएको गुनासो आएसँगै प्रहरीले विराटनगर महानगरपालिका भित्रका ५ वटा सडक डाईभर्सन गरेको हो ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानवहादुर राईका अनुसार महावीर चौक, शनिमन्दिर चौक, सातघुम्ती चौक, भृकुटी चौक, तोदी भवन जाने सडक खण्ड डाईभर्सन गरिएको छ ।
प्रहरीले लकडाउनलाई पूर्णरुपमा पालना गर्न अनुरोध पनि गरेको छ ।