प्रकाशित : २५ बैशाख २०७७, बिहीबार ११:४५

विराटनगर, २५ वैशाख । प्रदेश १ सरकारलाई कतार च्यारिटी नेपालले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि विभिन्न स्वास्थ्य सामाग्रीहरु च्यारिटीले आज सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई सो स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

स्वास्थ्य सामाग्री ग्रहण गर्दै मन्त्री घिमिरेले संकटको समयमा सवैको सहयोग आवस्यक रहेको बताउनुभयो । उहाँले संकटको समयमा स्वास्थ्य सामाग्री प्रदान गरेकोमा धन्यवाद दिनुभयो ।

कतार च्यारिटीले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) ३ सय थान, आईआर थर्ममिटर २५ ओटा, मास्क, ग्लोब्स लगायत गरि ५ हजार १ सय २५ थान सामाग्री हस्तान्तरण गरेको परियोजना व्यवस्थापक इर्साद अलिशेखले जानकारी दिनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३