प्रकाशित : २५ बैशाख २०७७, बिहीबार १०:३९

विराटनगर, २५ वैशाख । आँपको रुखबाट लडेर विराटनगर महानगरपालिका–१७ मटेरुवा डंग्राहा टोलका एक बालकको हिजो साँझ मृत्यु भएको छ ।

आँप टिप्न भनेर गएका मन्सुर मियाँका १३ वर्षीय छोरा मोहम्मद इरफानको लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताउनु भयो । उहाँकाअनुसार साँझ आँप टिप्प भनेर रुखमा चढेका इरफानलाई लडेर बेहोस भएको अवस्थामा स्थानीय बासिन्दाले आँपको फेदमा भेटेका थिए ।

उपचारका लागि कोसी अस्पताल ल्याउने क्रममा बालकको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३