प्रकाशित : २४ बैशाख २०७७, बुधबार १८:२८

विराटनगर, २४ वैशाख । कोरोना भाईरस (कोभिड १९) का कारण ३७ लाख ४७ हजार बढी संक्रमित भएका छन् । आज साँझ सम्म २ सय १२ देशमा ३७ लाख ४७ हजार ५ सय ४ जनामा संक्रमण पुष्टी भएको छ ।

मृत्यु हुनेको संख्या २ लाख ५८ हजार ९ सय ७४ पुगेको छ । १२ लाख ५१ हजार ३२ जना निको भएका छन् । अमेरिकामा १२ लाख ३८ हजार संक्रमित पुगेका छन् । ७२ हजार २ सय ८५ जनाको मृत्यु भएको छ ।

अमेरिका पछि बेलायतमा कोरोना भाइरसबाट युरोपकै सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । यसअघि इपिसेन्टर मानिएको इटालीलाई पनि उछिन्दै बेलायतमा मृत्यु हुनेको संख्या २९ हजार ४ सय २७ पुगेको हो ।

इटालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २९ हजार ३ सय १५ छ । संक्रमितमा भने इटालीमा २ लाख १३ हजार नाघ्दा बेलायतमा १ लाख ९५ हजार पुगेको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ५० हजार नाघेको छ भने मृत्यु हुनेको संख्या २५ हजार ६ सय १३ छ ।

युरोपेली मुलुक फ्रान्समा संक्रमितको संख्या १ लाख ७० हजार ५ सय नाध्दा २५ हजार ५ सय ३१ जनाको मृत्यु भएको छ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५० हजार नजिक पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म त्यहाँ मृत्यु हुनेको संख्या १७ सय पुग्न लागेको छ । अहिलेसम्म एक हजार ६ सय ९५ जनाको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा भारतमा एक सय २६ जनाको मृत्यु भएको पनि जनाइएको छ । पछिल्लो २४ घण्टामा भारतमा दुई हजार नौ सय ५८ नयाँ संक्रमित थपिएका हुन् । अघिल्लो दिन भने त्यहाँ तीन हजार नौ सय संक्रमित थपिएका थिए ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३