प्रकाशित : २४ बैशाख २०७७, बुधबार १६:३८

विराटनगर, २४ वैशाख । नारी विकास संघ विराटनगरले मोरङको कटहरी गाउँपालिकाका १ सय २९ घरपरिवारलाई राहत वितरण गरेको छ ।

लकडाउनका कारण प्रत्यक्ष प्रभावित बनेका कटहरी वडा नं. १ र ५ का १ सय २९ घरपरिवारलाई राहत वितरण गरिएको नारी विकास संघ विराटनगरकी अध्यक्ष सीता शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं. १ का २५ घरपरिवार र वडा नं. ५ का १ सय ४ घरपरिवारलाई खाध्यान्न लगायतका सामाग्रीहरु वितरण गरिएको छ ।

नारी विकास संघले स्थानिय तहको आवस्यकता अनुसार नागरिकहरुको स्वाथ्य, सुरक्षा, जीविकोपार्जनको अबस्थालाइ मध्यनजर गरि सुनसरीको दुहबी नगरपालिकालाइ ५० हजारको खाद्यान्न सामग्री र विराटनगर वडा नं. ५ लाई २५ हजारको खाद्यान्न सामग्री हस्तान्तरण गरिएको अध्यक्ष शर्माले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३