प्रकाशित : २४ बैशाख २०७७, बुधबार ११:०८

विराटनगर, २४ वैशाख । भारतको नयाँदिल्लीका ३० वर्षीय अनुस जैदी २० दिनको उपचारपछि अस्पतालबाट आज विहान डिस्चार्ज हुनुभयो । कोरोना संक्रमण पुष्टी भएपछि गत वैशाख ५ गते उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केबाट विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भएको २० दिन पछि डिस्चार्ज हुँदा उहाँ प्रफुल्ल हुनुहुन्थ्यो । कोभिड अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा उहाँले पूर्णरुपमा ठिक भएको बताउनुभयो । उहाँले भन्नुभयोे,‘ २० दिनको अस्पताल बसाईबाट हामीले कोरोना परास्त गर्यौं ।’ प्रदेश सरकार र चिकीत्सकबाट सन्तुष्ट भएको जैदीले बताए । लकडाउन खुलेपछि भारत जाने उहाँले बताउनुभयो ।

४ जना नेपाली सहित १६ जनाको टोली यात्रामा रहेका बेला कोरोना संक्रमण देखियो जैदीले भन्नुभयोे,‘ हाम्रो रिपोर्ट पोजेटिभ आएपछि उदयपुर प्रशासनले विराटनगर पठायो ।’ अस्पतालमा चिकित्सकबाट राम्रो सेवा पाएको उहाँले बताउनुभयो । जैदीसँगै बुधबार विहान कोभिड अस्पतालबाट ६ जना भारतीय डिस्चार्ज भएका हुन । डिस्चार्ज भएका सवैलाई प्रदेश सरकारले विराटनगर रानी मरकजमा निर्माण गरेको क्वारेन्टाईनमा लगिएको छ ।

गत वैशाख ५ र ६ गते उदयपुरबाट ल्याईएका १३ जना कोरोना संक्रमित मध्ये ६ जनामा तीन पटक सम्म स्वाव परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो । बुधबार विहान डिस्चार्ज हुनेमा जैदी सहित २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहेका छन् ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ३१ जना मध्ये ६ डिस्चार्ज भएपछि २५ जना उपचाररत रहेको अस्पतालका इन्चार्ज डा.दीपक सिग्देलले बताउनुभयो । उहाँका अनुसार सवैको स्वास्थ्य अवस्था राम्रो छ ।

अकल्पनीय अवस्थाको सामाना गरिरहेका छौं : मन्त्री घिमिरे
कोभिड अस्पताल भर्ना भएको २० दिनपछि डिस्चार्ज भएका ६ जनालाई सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वास्थ्य लाभको कामना गर्नुभयो । अस्पतालबाट डिस्चार्ज भएपछि आज विहान स्वागत गर्दै उहाँले विश्वले नै अहिले अकल्पनीय परिस्थितीको सामना गरिरहेको बताउनुभयो ।

प्रदेश सरकारले कोरोनाको सामना गर्नका लागि छुट्दै अस्पताल सञ्चालन गरि काम गरिरहेको उहाँले बताउनुभयो । अस्पतालमा उपचाररत अन्यपनि छिट्टै डिस्चार्ज हुने उहाँले बताउनुभयो ।

डिस्चार्जको प्रकृया शुरु भएको मन्त्री घिमिरेले बताउनुभयो । कोभिड अस्पतालमा उपचाररत विरामीलाई अहिले सम्म ७२ जना स्वास्थ्यकर्मीले सेवा दिईसकेको उहाँले बताउनुभयो । डिस्चार्ज भएकाहरु तत्काल स्वदेश फर्कन सक्ने अवस्था नभएकाले क्वारेन्टाईनेको व्यवस्था गरि राखीएको उहाँले बताउनुभयो ।

टिमवर्कले राम्रो काम गर्यो : मेसु मिश्रा
कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले टिम वर्कले उपचार सफल भएको बताउनुभयो । ६ जनालाई कोभिड अस्पतालबाट डिस्चार्ज गर्दै उहाँले आफु भाग्यमानी भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘विरामीले चिकित्सकप्रति सन्तुष्ट छु भन्नु त्यो भन्दा गर्व गर्ने अरु विषय हुँदैन ।’

विरामीले उपचारप्रति सन्तुष्ट हुँदै मस्जिद सम्म लगिदिनु भनेको उहाँले बताउनुभयो । विरामीको इच्छा अनुसार मस्जिदमा निर्माण गरिएको क्वारेन्टाईनमा पुर्याएको मेसु मिश्राले बताउनुभयो ।

कोभिड अस्पतालबाट ६ जना डिस्चार्ज भएसँगै नेपालमा उपचारपछि निको भएर फर्कनेको संख्या २२ पुगेको छ । ६० जना अहिले उपचाररत रहेका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३