प्रकाशित : २२ बैशाख २०७७, सोमबार १७:४७

विराटनगर, २२ वैशाख । प्रदेश १ बाट कोरोना भाईरस (कोभिड १९) का शंकास्पद १ हजार ६ सय बढीको नमुना संकलन गरिएको छ । आज साँझ सम्म १ हजार ६ सय ५२ जनाको नमूना संकलन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

आज २३ महिला र ७३ पुरुष गरि ९६ जनाको नमूना संकलन गरिएको छ । प्रदेश १ मा नमूना संकलन गरिएका मध्ये १ हजार ६ सय ४४ जनाको रिपोर्ट आएको छ । प्रदेश १ मा ३१ जनाको कोरोना संक्रमण देखिएको छ । नमुना संकलन गरिएका मध्ये ३ सय ९० महिला र १ हजार २ सय २३ पुरुष गरि १ हजार ६ सय १३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

८ जनाको रिपोर्ट आउन बाँकी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा आज सम्म आरडिटी विधिबाट ६ हजार १ सय २२ जनाको परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

आरडिटी पोजेटिभ आएका सवैको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बताएको छ । आरडिटी गरिएका ६ हजार १ सय ६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । आरडिटी नेगेटिभ आउनेमा १ हजार ७१ महिला र ५ हजार ३५ पुरुष रहेका छन् । प्रदेश १ मा ५ हजार ८ सय ३० वेडको क्वारेन्टाईन निर्माण गरिएको छ । आज १ सय १६ वेड थप गरिएको छ । क्वारेन्टाईनमा बस्नेको संख्या २ हजार ६३ पुगेको छ । महिला ४ सय ३५ र १ हजार ६ सय २८ पुरुष क्वारेन्टाईनमा रहेका छन् ।

होम क्वारेन्टाईनमा १ हजार ३ सय १० महिला र ५ हजार ६ सय १५ पुरुष बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश १ मा १० महिला र ३७ पुरुष गरि ४७ जना आईसोलेसनमा भर्ना भएका छन् । ३ महिला र ४ पुरुष गरि ७ जना आज डिस्चार्ज भएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार १ जना आईसीयुमा भर्ना भएका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३