प्रकाशित : २१ बैशाख २०७७, आईतवार १९:३४

विराटनगर, २१ वैशाख । नोवेल मेडिकल कलेज विराटनगरलाई आवस्यक कारवाही गर्न माग गर्दै उपभोक्ता हित संरक्षण मञ्च नेपाल विराटनगरले प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई ज्ञापनपत्र बुझाएको छ ।

नोवेल मेडिकल कलेजले अपराध पूर्ण कार्य गरेको भन्दै घटना छानविन गर्न संघिय र प्रदेश सरकारलाई अनुरोध गरेको छ । उदयपुर ठेगाना भएका विरामी देख्ने वित्तिकै विरामी अस्पतालबाट निकाल्ने काम गरेको भन्दै मञ्चले आपत्ति जनाएको छ ।

विरामीलाई अन्यत्र पठाई जोखिममा पुर्याएको भन्दै गम्भिर त्रुटीपूर्ण र अमानविय कार्यमा संलग्न चिकित्सकलाई कारवाहीको दायरामा ल्याउन माग गरिएको छ ।

मञ्चका अध्यक्ष मीनराज ढकाल र सचिव मेघराज श्रेष्ठद्धारा जारी विज्ञप्तीमा निजी अस्पतालबाट पनि विरामीले उपचार पाउने कुराको सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३